Kathmandu Press

प्रधानमन्त्री देउवा ओली निवास बालकाेटमा

लामो सयमदेखि संसदमा देखिएको गतिरोध अन्यका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका हुन्।
प्रधानमन्त्री देउवा ओली निवास बालकाेटमा

काठमाडौं, पुस २४ : प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीलाई भेट गर्न उनकै निवास बालकोट पुगेका छन् । प्रधानमन्त्री देउवा शनिबार बिहान १० बजे अ‍ोलीलाई भेट्न बालकोट पुगेका हुन्।

लामो सयमदेखि संसदमा देखिएको गतिरोध अन्यका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका हुन्। सत्तारुढ गठबन्धनको बैठकले संसद्को गतिरोध अन्त्यका लागि ओलीलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो।

एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।  एमालेले सर्वदलीय बैठक पनि बहिस्कार गर्दैै आएको छ।

 

प्रकाशित मिति: १०:५५ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्