नारायणकाजीलाई पनि देखियाे कोरोना संक्रमण
काठमाडौं, पुस २४ : नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठलाई पनि कोरोना संक्रमण देखिएको छ। पिसिआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टी...
काठमाडौं, पुस २४ : नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठलाई पनि कोरोना संक्रमण देखिएको छ। पिसिआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टी भएको नेता श्रेष्ठले फेसबुकमार्फत जनाएका छन्।
कोरोना संक्रमण पुुष्टी भएपछि आफू होम हाइसोलेसमान बसेको उनले उल्लेख गरेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहनेहरुलाई सावधानी अपनाउन पनि अनुरोध गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’
यसअघि माओवादी अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण देखिएको थियो । उनलाई शुक्रबार बेलुका कोरोना संक्रमण पुष्टी भएको थियो ।
प्रकाशित मिति: १०:२२ बजे, शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











