Kathmandu Press

प्रचण्डलाई देखियो कोरोना संक्रमण

प्रचण्डको स्वास्थ्यमा केही सहजता देखिएको र शुक्रबार एनटीजेन र आरटी पिसिआर परीक्षण गर्दा कोरोण संक्रमण देखिएको उनको निजी सचिवालयले जनाएको छ।
प्रचण्डलाई देखियो कोरोना संक्रमण

काठमाडौं, पुस २४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण देखिएको छ। प्रचण्डको स्वास्थ्यमा केही सहजता देखिएको  र शुक्रबार एन्टीजेन र  पिसिआर परीक्षण गर्दा कोरोण संक्रमण देखिएको उनको निजी सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको उनको फेसुबकमा उल्लेख गरिएको छ । उनी अहिले आफ्नै निवासमा आइसोलेसनमा बसेकाे बताइएकाे छ।

‘स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले स्वास्थ्य सतर्कता अपनाईदिनु हुनेछ,’ फेसबुमा भनिएको छ, ‘स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेशनमा रहनुहुनेछ।’

प्रकाशित मिति: १०:१३ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्