ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री देउवा
लामो सयमदेखि संसद्मा देखिएको गतिरोध अन्त्यका विषयमा ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवा बालकोट जान लागेका हुन् ।
काठमाडौं, पुस २४ : प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट जाने भएका छन्। ओलीलाई भेट्न प्रधानमन्त्री देउवा १० बजे बालकोट जाने बताइएको छ।
लामो सयमदेखि संसद्मा देखिएको गतिरोध अन्त्यका विषयमा ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवा बालकोट जान लागेका हुन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्र्दै आइरहेको छ। सो गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले पटक पटक बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्दै आएको थियो ।
प्रकाशित मिति: ०९:५९ बजे, शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार