Kathmandu Press

राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

काठमाडौं, पुस २४: राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय तोकिएको छ।निर्वाचन आयोगले शनिबार बिहान १० देखि...
राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारी फिर्ता लिने समय

काठमाडौं, पुस २४: राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय तोकिएको छ।

निर्वाचन आयोगले शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो। आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो।

उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन्। यसपछि आयोगले आइतबार अन्तिम नामावली सार्वजनिक गर्नेछ। त्यस्तै, आइतबार नै उम्मेदवारलाई चुनाव चिह्न पनि प्रदान गर्ने कार्यतालिका रहेको छ।

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुन लागेको छ। यसमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका छन्।

सत्तारुढ पाँच राजनीतिक दलले मिलेर उम्मेदवारी दिएका छन्। नेकपा (एमाले)ले १९ वटै सीटमा उम्मेदवार उठाएको छ।

प्रकाशित मिति: ०८:३३ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्