Kathmandu Press

आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस २४ : पश्चिमी वायुको प्रभावले देशका चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार...
आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस २४ : पश्चिमी वायुको प्रभावले देशका चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

चारै प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जसले गर्दा चिसो बढ्नसक्ने विभागले जनाएको छ।

शनिबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही रहेको छ। प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका केहि भूभागमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशहरूमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: ०७:५६ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्