भारतमा विदेशबाट आएका सवैलाई सात दिने होम क्वारेन्टाइन अनिवार्य
नयाँ दिल्ली, पुस २३ : भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ।भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना...
नयाँ दिल्ली, पुस २३ : भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।
विदेशबाट भारत आएकाहरू होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख छ।
कोरोनाभाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक हप्ते होम क्वारेन्टाइन अनिवार्य गर्ने व्यवस्था लागु गरेको हो।
भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको र तीव्र रूपमा फैलिनसक्ने ओमिक्रोन भाइरसको सङ्क्रमण अत्यधिक बढेको छ।
'विदेशबाट आएका कुल यात्रुहरूको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ, त्यसैले उनीहरु सवैलाई कम्तीमा एक हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागरू गर्नुपरेको हो,' वक्तव्यमा लेखिएको छ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका छन्।
मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतमा कोरोनाभाइरसको महामारी सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन्।
भारतमा अहिले तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ। ओमिक्रोनका ती सङ्क्रमितहरूमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ७१ हजार ३६३ रहेको छ।
गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ।
सोही अवधिमा थप ३०२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।












