Kathmandu Press

मुम्बईमा ९३ प्रहरीलाई कोभिड सङ्क्रमण पुष्टि

मुम्बई, पुस २३ : पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ।यससँगै नगरमा अहिलेसम्म ९...
मुम्बईमा ९३ प्रहरीलाई कोभिड सङ्क्रमण पुष्टि

मुम्बई, पुस २३ : पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ।

यससँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।

यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमण दर २९.९० प्रतिशत पुगेको बृहनमुंबई नगर समितिले बिहीबार जानकारी दिएको छ। महाराष्ट्रमा बिहीबार ३६ हजार २६५ थप व्यक्ति सङ्क्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो।

त्यसैगरी आठ हजार ९०७ जना डिस्चार्ज भएका थिए। महाराष्ट्र राज्यमा शुक्रबार ७९ व्यक्तिमा कोभिडको ओमिक्रोन भेरिएन्ट भेटिएको बताइएको छ। यहाँ ओमिक्रोन भेरिएन्ट भेटिएका ३८१ जना निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म राज्यभर ८७६ व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्