Kathmandu Press

कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन 

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले राज्यका सम्पूर्ण निकायलाई यस्तो निर्देशन दिएका हुन्।
कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं, पुस २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका विभिन्न निकायहरुलाई निर्देशन दिएका छन्।

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले राज्यका सम्पूर्ण निकायलाई यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।

यस्तै प्रधानमन्त्रीले स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारी गर्नुपर्ने बताएका छन्। बैठकमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमानाकालाई व्यवस्थित बनाउने पनि निर्णय भएको छ। बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए।

नेपाली सेनाले पनि पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएको थियो। संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल भएको बताईएको छ । 

प्रकाशित मिति: १९:३६ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्