Kathmandu Press

प्रदेश–१ मा ४६ मा कोरोना सङ्क्रमण

विराटनगर, पुस २३ : प्रदेश–१मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा...
प्रदेश–१ मा ४६ मा कोरोना सङ्क्रमण

विराटनगर, पुस २३ : प्रदेश–१मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

Hardik ivf

मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा दुई/दुर्ई र उर्लाबारीमा एक, सुनसरीको इटहरीमा तीन, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक/एक, झापाको शिवसताक्षी र विर्तामोडमा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

प्रदेश–१ मा आज नौ महिलासहित १६ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १९:२७ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्