Kathmandu Press

अफगान बैंकहरूमा आर्थिक अभाव घट्दै, अन्तराष्ट्रिय समुदायबाट पनि सहयोग उपलब्ध

अफगानिस्तान, पुस २३ : अफगानिस्तानका बैंकहरूमा दिनदिनै अभाव घट्दै गएको र अन्तर्राष्ट्रिय समुदायले पनि देशलाई नगद उपलब्ध गराएको तालिवान समूहले जनाएको स्थानीय सञ्चारमाध्यमले...
अफगान बैंकहरूमा आर्थिक अभाव घट्दै, अन्तराष्ट्रिय समुदायबाट पनि सहयोग उपलब्ध

अफगानिस्तान, पुस २३ : अफगानिस्तानका बैंकहरूमा दिनदिनै अभाव घट्दै गएको र अन्तर्राष्ट्रिय समुदायले पनि देशलाई नगद उपलब्ध गराएको तालिवान समूहले जनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अफगानिस्तानको वित्तीय स्रोतको सुरक्षा भइरहेको र आर्थिक सङ्कट पनि रोकिइरहेको तालिबानका कार्यवाहक विदेशमन्त्री आमिर खान मोताकीको भनाइ उद्धृत गर्दै खामा प्रेसले जनाएको छ।

Hardik ivf

उनले तालिबानले अफगानिस्तानको आर्थिक पतनलाई रोकेको बताए। मोताकीले भने, 'अफगानिस्तानका बैंकहरूमाथि दिनदिनै दबाब घट्दो छ।'

तालिवानको अन्तरिम सरकारले अहिलेसम्म कर्मचारीको तलबको बिल तीन महिनाका लागि भुक्तानी गरेको र चौथो महिनाको तलब दिने तयारी भइरहेको पनि उनले बताए।

तथापि, ठोस सहयोगको अभावमा अफगानिस्तानमा मानवीय स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको भन्दै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको स्थितिलाई सम्बोधन गर्न हालसम्म १.५ बिलियन अमेरिकी डलर संकलन गरेको जनाएको छ।

एसियाली राष्ट्र अफगानिस्तानमा देशका अधिकांश भूभागमा हिऊ परेको र हिउँदे बर्षाका कारण उपलब्ध खाद्यान्नलाई आवश्यक भएको स्थानमा पुर्‍याउन कठिनाई भइरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका महासचिव स्टेफन डुजारिकले बताए। उनले हालसम्म १.५ अर्ब अमेरिकी डलर संकलन गरिसकेको बताएका छन।

प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्