Kathmandu Press

बुर्किना फासोमा भएको हिंसात्मक आक्रमणमा १३ को मृत्यु

औगाडौगौ, पुस २३ : बुर्किना फासोका विभिन्न ठाउँमा भएका घटनामा परी कम्तीमा १३ नागरिक मारिएका छन्।तीमध्ये ११ जनाको अन्कौना गाउँमा मृत्यु भएको हो।...
बुर्किना फासोमा भएको हिंसात्मक आक्रमणमा १३ को मृत्यु

औगाडौगौ, पुस २३ : बुर्किना फासोका विभिन्न ठाउँमा भएका घटनामा परी कम्तीमा १३ नागरिक मारिएका छन्।

तीमध्ये ११ जनाको अन्कौना गाउँमा मृत्यु भएको हो। बुधबार भएको सो आक्रमणमा परी अर्का एक जना घाइते भएका छन्।

मध्य—उत्तर क्षेत्रका गभर्नर कासिमिर सेगुएडाद्वारा जारी वक्तव्यमा हिंसावादी समूहले उनीहरूको हत्या गरेको आरोप लगाइएको छ।

'यो आक्रमण आम नागरिकलाई लक्षित गरेर गरिएको छ, आक्रमणका कारण भवनहरू पनि भत्किएका छन,' उनले भने।

ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका हतियारधारी समूहले आक्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

त्यसैगरी अर्को ठाउँमा भएको घटनामा परी जिहादी विरोधी दुई अभियन्ता मारिएको अधिकारीहरूले जानकारी दिएका छन्।

देशको नोएका भन्ने ठाउँमा बुधबार घटना भएको हो। घटनामा मारिएका दुवै जना सेनासँग मिलेर काम गर्ने नागरिक स्वयं सेवक थिए।

बुर्किना फासोमा सन् २०१५ देखि सरकारी पक्ष र जिहादी विद्रोहीहरूबीचमा संघर्ष चल्दै आएको छ। द्वन्द्वका क्रममा अहिलेसम्म दुई हजारभन्दा बढीको मृत्यु भएको छ।

गत नोभेम्बर ३० सम्मको विवरण अनुसार द्वन्द्वका कारण १५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। तीमध्ये दुई तिहाइ बालबालिका रहेका छन्।

विद्रोहीसँग भिड्नका लागि सरकारी सुरक्षाकर्मीहरुलाई श्रोत साधनको अपर्याप्तता रहेको पनि बताउने गरिएको छ।

प्रकाशित मिति: १९:१६ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्