भारतद्वारा अफगानिस्तानलाई तेस्रो चरणको स्वास्थ्य सामग्री सहयोग
नयाँ दिल्ली, पुस २३ : भारतले अफगानिस्तानलाई शुक्रबार थप स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ।झण्डै दुई टन अत्यावश्यक र प्रारम्भिक उपयोगी सामग्रीहरु पठाएको...
नयाँ दिल्ली, पुस २३ : भारतले अफगानिस्तानलाई शुक्रबार थप स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ।
झण्डै दुई टन अत्यावश्यक र प्रारम्भिक उपयोगी सामग्रीहरु पठाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
द्वन्द्वबाट भर्खरै मुक्त भएको मुलुक अफगानिस्तालाई कोरोनाभाइरसको महामारी फैलिएपछि अहिले तेस्रो चरणको स्वास्थ्य सामग्रीहरु पठाएको हो।
'हाम्रो देशको तर्फबाट अफगानिस्तानका जनतालाई मानवीय सहायता गर्ने क्रम जारी छ, र शुक्रबार तेस्रो चरणको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ,' विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्दिरा गान्धी अस्पतालमा ती सामग्रीहरू हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












