पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए कडा आन्दोलन गर्ने चेतावनी
काठमाडौं, पुस २३ : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औँ जन्म जयन्तीमा सार्वजनिक बिदा नदिए कडा आन्दोलन गर्ने...
काठमाडौं, पुस २३ : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औँ जन्म जयन्तीमा सार्वजनिक बिदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
राजधानीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्त्वहरू लागेको आरोप समेत लगाएको हो ।
मोर्चाका संयोजक तारानाथ लुइँटेलले २२से २४से राज्यहरूलाई एकीकरण गरेर आजको नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरूलाई नछाड्ने चेतावनी दिएका हुन् ।
प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











