Kathmandu Press

सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छ : महामन्त्री शर्मा

सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । 

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा उनले समाज रुपान्तर नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा स्वास्थ्यमा लगानी गर्नुपर्ने उनको तर्क थियो । 

समाज रुपान्तरण नभएको कारणले दिनदिनै अपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताए । विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानीजस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिर्वतन आउन नसकेको शर्माले बताए । 
 

प्रकाशित मिति: १८:३५ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्