Kathmandu Press

सरकार जनताप्रति उत्तरदायी नभएकाे अवस्थामा कर्मचारीहरूले दबाब दिनुपर्छ : खाँण

काठमाडाैं, पुस २३ : गृहमन्त्री बालकृष्ण खाँणले सरकार जनताप्रति उत्तरदायी नभएकाे अवस्थामा कर्मचारीहरूले दबाब दिनुपर्ने बताएका छन्।निजामती कर्मचारी युनियनको गृह मन्त्रालयअन्तर्गत आठौं विभागीय अधिवेशन...
सरकार जनताप्रति उत्तरदायी नभएकाे अवस्थामा कर्मचारीहरूले दबाब दिनुपर्छ : खाँण

काठमाडाैं, पुस २३ : गृहमन्त्री बालकृष्ण खाँणले सरकार जनताप्रति उत्तरदायी नभएकाे अवस्थामा कर्मचारीहरूले दबाब दिनुपर्ने बताएका छन्।

निजामती कर्मचारी युनियनको गृह मन्त्रालयअन्तर्गत आठौं विभागीय अधिवेशन उद्घाटन गर्दै मन्त्री खाँणले सरकारले कर्मचारीलाई सुविधा नदिँदा र सरकारबाट राम्रो काम हुन नसक्दा दबाब सिर्जना गर्नुपर्ने आवश्यकता उनले औंल्याए। 

‘निजामती कर्मचारी युनियन सबैको साझा हुनुपर्नेमा पनि उनले जोड दिए। अन्य मन्त्रालयमा जस्तो गृह मन्त्रालयमा तोकिएको समयावधि नहुने उनको भनाइ थियो। 

गृह मन्त्रालय संविधानमा लेखिएका, सरकारले बनाएका र मन्त्रालय आफैले निर्माण गरेका ऐन, नियम र कानुन कार्यान्वयन गर्ने निकाय भएकाले कतिपय अवस्थामा तोकिएको समयमा मात्रै काम गर्छु भनेर नपुग्ने उनको भनाइ थियो।

कहिलेकाहीँ प्रतिकूल अवस्थामा समेत काम गर्नुपर्ने भएकाले यो गर्छु, त्यो भन्ने छुट कसैलाई नभएको उनले बताए। प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई एकैपटक बिदामा जिल्लाबाहिर नजान मन्त्रालयले सर्कुलर जारी गरिसकेको पनि उनले जानकारी दिए।

तोकिएको समयभन्दा बढी काम गर्नुपर्ने भएकाले सुविधाका रूपमा खाजा खर्च थप गर्ने विषयमा आफूले अर्थ मन्त्रालयसँग प्रस्ताव राखेको उनले बताए। अर्थबाट सकारात्मक जवाफ आए पनि निर्णय भने भइनसकेको मन्त्री खाणले स्पष्ट पारे। 

प्रकाशित मिति: १७:२३ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्