उपत्यकामा कोरोना संक्रमितकाे संख्या उकालाे लाग्दै, एकै दिन थपिए ३७९ जना
काठमाडौं, पुस २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २८४, ललितपुरमा ६२ र भक्तपुरमा...
काठमाडौं, पुस २३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २८४, ललितपुरमा ६२ र भक्तपुरमा ३३ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार उपत्यकामा ३१० जनामा कोरोना देखिएको थियो। पछिल्लो साता काठमाडौंमा कोरोना संक्रमितको संख्यामा क्रमशः उकालो लाग्न थालेको हो। बुधबार उपत्यकामा २५३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मंगलबार २२२, सोमबार १८४ र आइतबार १३७ जना संक्रमित थपिएका थिए।
कौराना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि सक्रियको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ६८० सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा १ हजार ४५४, ललितपुरमा ६६४ र भक्तपुरमा ५६२ जना रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४७८ थियो। त्यसको अघिल्लो दिनबुधबार उपत्यकामा २ हजार २४१ सक्रिय संक्रमित थिए।
शुक्रबारदेशभरिमा भने थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।











