एकैदिन २४ जनामा ओमिक्रोन देखिएपछि बालुवाटारमा सिसिएमसीको बैठक
शुक्रबार स्वास्थ्य मन्त्रालयले पुस महिनामा गरेको परीक्षणबाट २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको सार्वजनिक गरेको थियो। त्यसलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सिसिएमसीको बैठक बसेको हो।
काठमाडौं, पुस २३ : नेपालमा कोरोनाभाइरसको नयाँ रुप ‘ओमिक्रोन’ संक्रमण देखिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बसेको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले पुस महिनामा गरेको परीक्षणबाट २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको सार्वजनिक गरेको थियो। त्यसलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सिसिएमसीको बैठक बसेको हो।
बैठकले ओमिक्रोन संक्रमण नियन्त्रण र त्यससँग सम्बन्धित अन्य निर्णयहरु समेत गर्ने बालुवाटार स्रोतले जनाएको छ।
यसअघि स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै ओमिक्रोन फैलन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको थियो। मन्त्रालयले भारतसँग जोडिएका सिमानामा कडाई गर्नेदेखि अस्पतालहरुलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको थियो।
प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार