Kathmandu Press

क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन

काठमाडौं, पुस २३ :  पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ।विभागले आज सार्वजनिक सूचना जारी गर्दै...
क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन

काठमाडौं, पुस २३ : पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही  मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो।

विभागले क्यासिनो नियमावली, २०७० अनुरुप सञ्चालित कम्पनीहरुले आव २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुर र आव २०७८/८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न अनुरोध गरेको छ।

आव २०७६/७७ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरेको र नवीकरणका लागि २०७८ पुस समान्तभित्र दाखिला नगरेमा आर्थिक ऐन, २०७८ को दफा १६ ९४० बमोजिम थप शुल्क तथा वार्षिक थप शुल्क लाग्नेछ। साथै समयमा नवीकरण नभएका कम्पनीको हकमा क्यासिनो नियमावलीमा व्यवस्था भएबमोजिम इजाजत पत्र रद्द हुने विभागले स्पष्ट पारेको छ।

रोयल्टी र नवीकरण दस्तुर नबुझाउने कम्पनीहरुमा होटल साङ्ग्रिलाको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालि, तारागाउँ रिजेन्सी होटेल परिसरको प्राइड इन्टरटेनमेन्ट, होटेल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिययसन।, मल्ल होटेल परिसरको बेल्लिज नेपाल र एभरेष्ट हस्पिटालिटी एन्ड होटेलको डेल्टइन नेपाल प्रालि छन्। 

त्यस्तै होटल टाइगर रुपन्देहीको एसएचएल म्यानेजमेन्ट सर्भिसेज, भ्यू होटल सिद्धार्थ परिवारले चलाएको ज्याकपट गेमिङ सेन्टर, बाराको इच्चा होटेलमा रहेको स्माइल कलेक्सन, होटेल सोल्टी थिवक्रिम होटेल्स तथा रिसोर्टस् काँकेको इम्पेरियल इन्टरनेसनल र काठमाडौँको सोल्टी होटेलमा सञ्चालित माजोङ इन्टरटेनमेन्ट प्रालि छन्।

प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्