नोबेल मेडिकलका विद्यार्थीले विराटनगरमा गरे चक्काजाम
विराटनगर, पुस २३ : नोबेल मेडिकल कलेजका एमबिबिएस पढ्ने विद्यार्थीहरूले विराटनगरमा चक्काजाम गरेका छन्। उनीहरूलाई विभिन्न विद्यार्थी संगठनहरूले पनि समर्थन गरेका छन्। उनीहरूले कोसी...
विराटनगर, पुस २३ : नोबेल मेडिकल कलेजका एमबिबिएस पढ्ने विद्यार्थीहरूले विराटनगरमा चक्काजाम गरेका छन्। उनीहरूलाई विभिन्न विद्यार्थी संगठनहरूले पनि समर्थन गरेका छन्।
उनीहरूले कोसी राजमार्गको कञ्चनबारी चोकमा चक्काजाम गरेका हुन्। चिकित्सा शिक्षा ओयागको निर्देशनविपरीत कलेजले अतिरिक्त शुल्क मागेको भन्दै एमबिबिएस अध्ययनरत विद्यार्थी केही दिनदेखि आन्दोलनरत छन्।
कलेजले अतिरिक्त शुल्क नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो। त्यसपछि उनीहरूले कलेज सञ्चालकका विरुद्ध आन्दोलन थालेका हुन्।
प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












