Kathmandu Press

एमालेको अधिवेशन हुन नसकेका जिल्लाहरु कुन–कुन हुन् ? 

एमालेको अधिवेशन हुन नसकेका जिल्लाहरु कुन–कुन हुन् ? 

काठमाडौं, पुस २३  ः नेकपा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको वार रुमबाट स्वीच थिचेर देशभरको अधिवेशन उद्घाटन गरेका थिए। 

यसअघि देशभरका जिल्लाहरुमा एकैसाथ अधिवेशन सुरु गर्ने भनिएपनि कारणवश केही जिल्लाहरुमा भने अधिवेशन स्थगित भएका छन्। महासचिव शंकर पोखरेलले आज ६१ जिल्लामा मात्रै अधिवेशन हुने बताएका छन्। 

प्रतिकुल मौसम तथा विविध कारणवश केही जिल्लाहरुमा अधिवेशन हुन नसकेको भनिएको छ। एमाले महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को संखुवासभामा २६ गते अधिवेशन हुनेछ भने प्रदेश २ को सप्तरी बाहेकका जिल्लामा अधिवेशन हुने छैन ।

गण्डकीको मनाङ र मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम र रोल्पा, कर्णालीका ३ जिल्ला र सुदूरपश्चिमको बझाङमा अधिवेशन हुने छैन ।

जिल्ला कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ भने ५ पदाधिकारीमध्ये एक महिला हुनुपर्नेछ ।

प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्