Kathmandu Press

इन्डोनेसियाकाे बाढीपहिरोमा ६ जनाको मृत्यु, सयौं विस्थापित

जकार्ता, पुस २३ : इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन...
इन्डोनेसियाकाे बाढीपहिरोमा ६ जनाको मृत्यु, सयौं विस्थापित

जकार्ता, पुस २३ : इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ।

‘बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा सहरका धेरै उपजिल्लामा बाढी र पहिरो निम्त्याएको छ,’ एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, ‘अधिकारीहरूले तीन शवको पहिचान गर्न काम गरिरहेका छन् भने बाँकीको पहिचान भइसकेको छ।’

उद्धारकर्ताहरूले तीनवटा डुंगा प्रयोग गरेर बाढी प्रभावितहरूलाई उनीहरूको घरबाट बाहिर निकालिरहेका थिए। शुक्रबार बिहान पनि हल्का पानी परेको र बाढी क्रमशः कम भए पनि अझै अवरोध कायमै छ।

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्