Kathmandu Press

ओलीले राष्ट्रिय सभा निर्वाचनअघि नै हार स्विकारे : माधव नेपाल 

काठमाडौं, पुस २३ : नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय  सभा निर्वाचन आउनुअघि नै एमाले अध्यक्ष ओलीले हार स्विकार गरिसकेको बताएका छन्। शुक्रबार...
ओलीले राष्ट्रिय सभा निर्वाचनअघि नै हार स्विकारे : माधव नेपाल 

काठमाडौं, पुस २३ : नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय  सभा निर्वाचन आउनुअघि नै एमाले अध्यक्ष ओलीले हार स्विकार गरिसकेको बताएका छन्। 

शुक्रबार काठमाडौं महानगर कमिटीको घोषणा सभालाई सम्बाधोन गर्दै अध्यक्ष नेपालले ओलीले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो हार स्विकार गरेको बताएका हुन्। 

‘केपीले हार स्वीकार गरेका छन्, पराजय स्वीकार गरेका छन्,’ नेपालले भने, ‘कसरी स्वीकार गरे छन्, उनको दम्भी स्वभावले त दिँदैन ।’

एमालेको ६१ जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार बिहान ओलीले आगामी राष्ट्रिय सभा निर्वाचनमा एमालेका लागि प्रतिकुल परिणाम आउन सक्ने बताएका थिए।
 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्