कजाकिस्तानमा २६ ‘सशस्त्र अपराधी’ मारिए

मस्को, पुस २३ : कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा प २६ ‘सशस्त्र अपराधी’ मारिएका र १८ जना घाइते भएका बताएको छ।
मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा कजाकिस्तानका सबै क्षेत्रहरू ‘मुक्त र बढ्दो सुरक्षामा लिइएको छ,’ देशभर ७० जाँचचौकीहरू स्थापना गरिएको छ ।
यसैबीच कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमशस शान्ति पुनःस्थापित भएको बताएका छन्।
प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












