Kathmandu Press

पूर्वआइजिपी सर्वेन्द्र खनाल नयाँ दल खोल्ने तयारीमा

काठमाडौं, पुस २३ : पूर्वआइजपी सर्वेन्द्र खनाल नयाँ दल खोल्ने तयारीमा जुटेका छन्।पछिल्लो समय दल स्थापनालाई मूर्तरूप दिन उनले भटघाट र छलफललाई तीव्र बनाएको...
पूर्वआइजिपी सर्वेन्द्र खनाल नयाँ दल खोल्ने तयारीमा

काठमाडौं, पुस २३ : पूर्वआइजिपी सर्वेन्द्र खनाल नयाँ दल खोल्ने तयारीमा जुटेका छन्।

पछिल्लो समय दल स्थापनालाई मूर्तरूप दिन उनले भटघाट र छलफललाई तीव्र बनाएको स्रोतको भनाइ छ। नयाँ दल दर्ता गर्नुपूर्व उनी तनहुँ, नवलपरासी, चितवन, बारा, पर्सा, धनुषालगायत विभिन्न जिल्लाहरुमा पुगेर छलफल गरिसकेको जनाइएको छ।

नयाँ दलको नामका लागि विकल्पहरू रहेको तर टुंगो भने लाग्न बाँकी रहेको स्रोतको भनाइ छ। दलका लागि कार्यालय पनि तय गरिसकिएको विश्वस्त स्रोतको भनाइ छ। 

खनाल राजनीतिक वृत्तमा एमालेनिकट भनेर चिनिँदै आएका थिए। एमालेका नेताहरूले उनलाई आफ्नो पार्टीमा समाहित गर्न प्रयास गर्दै आएका थिए। आफू कुनै पार्टीमा नजाने बरु नयाँ दल खोल्ने भनेर खनालले नयाँ दल खोल्ने तयारी थालेको बताइएको छ।

प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्