Kathmandu Press

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि 

एस जिन नेगेटिभ पत्ता लागेको २ समय ५० वटा नमुनामा जिन सिक्वेन्सिङ गर्दा २४ वटा नमुनामा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि 

काठमाडौं, पुस २३ : नेपालमा थप २४ जनामा ओमिक्रोन  संक्रमण पुष्टि भएको छ।

पुस महिनामा देशभरि पिसिआर परीक्षणका क्रममा कोरोना पाेजिटिभ भएकामध्ये १ हजार १४६ वटा स्याम्पलमा एस जिन स्क्रिनिङ गरिएको थियो। जसमध्ये २ समय ५० वटा नमुनामा एस जिन नेगेटिभ पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै, एस जिन नेगेटिभ पत्ता लागेको २ समय ५० वटा नमुनामा जिन सिक्वेन्सिङ गर्दा २४ वटा नमुनामा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ओमिक्रोन भेरियन्टले निम्त्याउन सक्ने बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजन लगायत अन्य सामाग्रीको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ।

यस्तै, सीमा नाकामा कोभिड-१९ को परिक्षणलाई थप सशक्त बनाउने तथा पजिटिभ आएका केसहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बीर अस्पताल, निजामती कर्मचारी अस्पताल, श्री वीरेन्द्र सेनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयागशाला प्रदेश नम्बर २ र भेरी अस्पतालमा एस जिन स्क्रिनिङ गर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

साथै ओमिक्रोन नियन्त्रणका लागि पनि सबैले जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्