Kathmandu Press

संसदको गतिरोध हटाउन पहल गर्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको निर्णय

काठमाडौं, पुस २३ : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले एमालेबाट भइरहेको संसद अवरोध गराउन पहल गर्ने निर्णय गरेको छ। आज (शुक्रबार) बालुवाटारमा प्रधानमन्त्री...
संसदको गतिरोध हटाउन पहल गर्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको निर्णय

काठमाडौं, पुस २३ : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले एमालेबाट भइरहेको संसद अवरोध गराउन पहल गर्ने निर्णय गरेको छ। 

आज (शुक्रबार) बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समिति संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले संसद लामो समय अवरुद्ध हुनु उचित नभएको निष्कर्ष निकाल्दै संसदलाई सहज रूपमा सञ्चालन गर्न पहल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। 

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर नाराबाजी गर्दा संसद अवरुद्ध बन्दै आएको छ। जसका कारण कैयौं विधेयकहरू थन्किएका छन्। संसदलाई बिनाअवरोध सञ्चालन गर्न प्रतिपक्षी दलको पनि कर्तव्य भएकोले सबै गम्भीर हुनुपर्ने उनले बताए।

त्यस्तै बैठकमारा ष्ट्रिय सभा निर्वाचनबारे पनि छलफल भएको थियो। बैठकमा राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि माघ १२ गते हुने निर्वाचनमा निर्वाचन सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।

बैठकले संसदमा हुँदै आअएको गतिरोध हटाउने सन्दर्भमा एमाले अध्यक्ष केपी ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको जनाइएको छ।

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्