Kathmandu Press

एमालेको जिल्ला अधिवेशन : सहमतिमा नेतृत्व चयन गर्न अध्यक्ष ओलीको आग्रह 

काठमाडौं, पुस २३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै जिल्लाको नेतृत्व चयन गर्न आग्रह गरेका छन्। शुक्रबार ६१ जिल्लाको अधिवेशनलाई भर्चुअल रुपमा...
एमालेको जिल्ला अधिवेशन : सहमतिमा नेतृत्व चयन गर्न अध्यक्ष ओलीको आग्रह 

काठमाडौं, पुस २३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै जिल्लाको नेतृत्व चयन गर्न आग्रह गरेका छन्। शुक्रबार ६१ जिल्लाको अधिवेशनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै ओलीले सहमतिका लागि अधिकतम प्रयास गरी नेतृत्व चयन गर्न आग्रह गरेको हुन्। 

उनले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन, त्यसअघि देशभरका गाउँपालिका र वडाहरुमा भएका सम्मेलनमा पनि सहमतिको अधिकतम प्रयास भएको स्मरण गराउँदै जिल्लाको नेतृत्व पनि सहमतिमै चयन गर्न आग्रह गरेका हुन्। 

उनले सहमति हुनै नसक्ने अवस्था आएमा शान्तिपूर्ण र लोकतान्त्रिक  तबरबाट नेतृत्व चयन गर्न निर्देशन दिएका हुन्। ‘पार्टीको दसौं राष्ट्रिय महाधिवेशनले सहमतिमै नेतृत्वको टुंगो लगाएको थियो, सहमति हुन नसकेका एकदुई ठाउँमा अत्यन्तै लोकतान्त्रिक ढंगले नेतृत्व चयन गर्यौँ,’ सम्वोधनका क्रममा ओलीले भने, ‘जिल्लाको नेतृत्व चयनमा सहमतिलाई अधिकतम प्राथमिकता दिन अनुरोध गर्दछु।’

सहमति निर्माणका लागि मन नखुम्च्याइ लाग्न पनि ओलीले आग्रह गरे । ‘सकेसम्म मन नखुम्च्याइ सहमतिमा पुग्न, सहमतिका साथ नेतृत्व चयन गर्न आग्रह गर्न चाहान्छु,’ उनले भने, ‘सहमति नभएको खण्डमा चुनावमा जान आग्रह जान चाहन्छु ।’

एमालेको ६१ जिल्लामा अधिवेशन सुरू भएको छ । बाँकी रहेका १६ जिल्लामा अनुकूल समयमा गरिने बताइएकाे छ।

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्