पुस २७ का लागि सारियाे राष्ट्रियसभा बैठक
काठमाडौं, पुस २३ : पुस २५ गते बस्ने तय भएको राष्ट्रिय सभाको बैठक दुई दिन पछाडि सरेको छ।अर्काे बैठक पुस २७ गते दिउँसो १ बजेका...
काठमाडौं, पुस २३ : पुस २५ गते बस्ने तय भएको राष्ट्रिय सभाको बैठक दुई दिन पछाडि सारिएको छ।
अर्काे बैठक पुस २७ गते दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचना प्रकाशित गर्दै जानकारी दिए।
यसअघि पुस ५ गते राष्ट्रिय सभा बैठक बसेको थियो। एमालेका सांसदहरूले अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।
प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











