आगामी राष्ट्रिय सभा निर्वाचन एमालेका लागि प्रतिकुल रहन सक्छ : ओली
देशभरका ६३ जिल्लामा सुुरु भएको अधिवेशनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष अोलीले आगामी राष्ट्रिय सभा निर्वाचन आजको नभई चार वर्षअघिको जनमत रहेका कारण एमालेका लागि प्रतिकुल हुनसक्ने बताएका हुन्।
काठमाडौं, पुस २३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी राष्ट्रिय सभा निर्वाचन एमालेका लागि प्रतिकुल रहन सक्ने बताएका छन्।
देशभरका ६३ जिल्लामा सुुरु भएको अधिवेशनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष अोलीले आगामी राष्ट्रिय सभा निर्वाचन आजको नभई चार वर्षअघिको जनमत रहेका कारण एमालेका लागि प्रतिकुल हुनसक्ने बताएका हुन्।
यसअघिको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुले नै राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने भएका कारण एमाले केही कमजोर हुन सक्ने ओलीले बताएका हुन्। तत्कालीन अवस्थामा व्यवस्थापनका नाममा विभिन्न व्यक्तिहरुलाई सिट दिइएको र त्यस्तै प्रवृत्तीका व्यक्तिहरु एमालेविरुद्ध लाग्नाले परिणाम केही खराब हुनसक्ने उनले बताए।
जस्तोसुकै परिणाम आएपनि हतोत्साहित नहुन ओलीले आम कार्यकर्तालाई आह्वान गरेका छन्। यतिबेला एमाले एक्लै निर्वाचन लड्न सक्ने अवस्थामा रहेको र आम निर्वाचनबाट नयाँ जनमत सिर्जना गर्ने दाबी समेत गरेका छन्।
उनले पाँच दलीय गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा समेत दिएका छन् ।