६१ जिल्लामा एमालेको अधिवेशन सुरु, ‘वार रुम’ बाट स्वीच थिचेर ओलीले गरे उद्घाटन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको ‘वार रुम’ बाट एकैपटक देशभरका जिल्ला अधिवेशनको उद्घाटन गरेका छन्।
काठमाडौं, पुस २३ : नेकपा एमालेको जिल्ला अधिवेशन सुरु भएको छ। देशभरका ६१ जिल्लामा पार्टीको अधिवेशन सुरु भएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको ‘वार रुम’ बाट एकैपटक देशभरका जिल्ला अधिवेशनको उद्घाटन गरेका छन्।
आज ६१ जिल्लामा एकैपटक अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गरेपछि जिल्लाहरुमा अधिवेशन सुरू भएको हो।
बाँकी जिल्लामा भने मौसम प्रतिकुलता र अन्य कारणले अधिवेशन तोकिएको समयमा हुन नसकेको एमालेले जनाएको छ। आज अधिवेशन नभएका जिल्लाहरुमा पनि चाँडै नै अधिवेशन सम्पन्न हुने अध्यक्ष ओलीले बताएका छन्।
प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार