Kathmandu Press

दक्षिण पश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, १७ घाइते

इस्लामाबाद, पुस २३ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिकासहित १७ जना घाइते...
दक्षिण पश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, १७ घाइते
Hardik ivf

इस्लामाबाद, पुस २३ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् ।

उक्त घटना प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको ट्रेलरलाई भ्यानले ठक्कर दिँदा भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ।

उक्त भ्यानमा २५ जनाभन्दा बढी मानिस सवार थिए । प्रहरीका अनुसार उनीहरू नातेदारको विवाहमा सहभागी हुन जाँदै थिए । घाइते र शवहरूलाई नजिकैको अस्पतालमा लगिएको ।  घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

प्रकाशित मिति: १२:२२ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्