Kathmandu Press

काठमाडौंमा लिभिङ टुगेदरमा बस्दै आएका युवक–युवती मृत फेला 

संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन्। उनीहरु लिभिङ टुगेदरमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 
काठमाडौंमा लिभिङ टुगेदरमा बस्दै आएका युवक–युवती मृत फेला 

काठमाडौं, पुस २३ : काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् । केही दिनदेखि लिभिङ टुगेदरमा बस्दै आएका उनीहरू बिहीबार राती मृत फेला परेका हुन्। 

संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन्। शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन्। 

युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको प्रहरीले जनाएको छ । त्यस्तै केटाको घाँटीमा चक्कुले रेटेको चोट पनि देखिएको छ । गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन्। 

अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याएका  अस्पतालमा उनको मृत्यु भएको बताइएको छ। 

 घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ। कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १०:०७ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्