Kathmandu Press

कक्षा ११ को आंशिक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं, पुस २३ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ।बोर्डले आज परीक्षाफल प्रकाशित गरेको जनाएको...
कक्षा ११ को आंशिक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं, पुस २३ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ।

बोर्डले आज परीक्षाफल प्रकाशित गरेको जनाएको छ। असोज ११ देखि १८ गतेसम्म कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षा सञ्चालन भएको थियो।

परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै कक्षा १२ को ग्रेड वृद्धि माघ २ र ३ गते गरिने बोर्डले जनाएको छ।

प्रकाशित मिति: ०८:१४ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्