आज देशैभर वर्षा हुने, यस्तो छ तीन दिनको मौसम
काठमाडौं, पुस २३ : पश्चिमी वायुको प्रभावले आज देशभर वर्षा भइरहेको छ भने पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ।आज दिउँसो देशभर...
काठमाडौं, पुस २३ : पश्चिमी वायुको प्रभावले आज देशभर वर्षा भइरहेको छ भने पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ।
आज दिउँसो देशभर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भू–भागका हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। यससँगै उच्च पहाडी तथा हिमाली भू–भागका हिमपात हुने महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस २३ गते शुक्रबार
दिउसोः देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातिः प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश १ , प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश का एक(दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुस २४ गते शनिबार
दिउँसोः देशभर सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशहरुका एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
पुस २५ गते आइतबार
दिउँसोः देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन रचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन रचटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातिः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धरै स्थानहरुमा मेघ गर्जन रचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।











