Kathmandu Press

आज एमालेको जिल्ला अधिवेशन, ओलीले उद्घाटन गर्ने

काठमाडौं, पुस २३ : नेकपा (एमाले) को ७७ वटै जिल्लाको अधिवेशन आज हुन लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले सबै जिल्ला अधिवेशन एकसाथ...
आज एमालेको जिल्ला अधिवेशन, ओलीले उद्घाटन गर्ने

काठमाडौं, पुस २३ : नेकपा (एमाले) को ७७ वटै जिल्लाको अधिवेशन आज हुन लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले सबै जिल्ला अधिवेशन एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन्।

एमालेले यसअघि वडा र स्थानीय तहको अधिवेशन पनि एकसाथ गरेको थियो। स्थानीय तहको अधिवेशन पनि अध्यक्ष ओलीले एकसाथ उद्घाटन गरेका थिए।

आज बिहान ११ बजे एमाले केन्द्रीय कार्यालयबाट अध्यक्ष ओलीले सबै जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। मौसममा आएको खराबीले केही जिल्लाको अधिवेशन भने नहुने भएको छ।

त्यस्तै, प्रदेश २ का केही जिल्लामा आन्तरिक विवाद छ। ति जिल्लामा पनि अधिवेशन पछि हुने जनाइएको छ। प्रदेश २ को पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते, धनुषा माघ ३, महोत्तरी माघ ५ र सर्लाहीको माघ ७ गते जिल्ला अधिवेशन तोकिएको छ।

जिल्ला अधिवेशन पछि प्रदेश अधिवेशन गर्ने एमालेको तयारी छ। यसअघि एमालेले मंसिर १० देखि १४ गतेसम्म राष्ट्रिय महाधिवेशन गरेको थियो।

प्रकाशित मिति: ०७:०० बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्