Kathmandu Press

भारतका विदेशमन्त्री जयशंकरसँग परराष्ट्रमन्त्री खड्काको टेलिफोन वार्ता

काठमाडौं, पुस २२ : परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच बिहीबार दिउँसो टेलिफोन...
भारतका विदेशमन्त्री जयशंकरसँग परराष्ट्रमन्त्री खड्काको टेलिफोन वार्ता

काठमाडौं, पुस २२ : परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच बिहीबार दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको हो।

वार्ताका क्रममा दुई मन्त्रीबीच द्विपक्षीय सम्बन्धको मैत्रीपूर्ण अवस्थाका बारेमा छलफल भएको थियो। सो अवसरमा द्विपक्षीय भ्रमण आदानप्रदान र विकास आयोजनाको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगतिका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्रमन्त्री खड्काले कोरोनाविरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग र सहयोग गरेकोमा भारतका विदेशमन्त्री जयशंकरलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित मिति: २०:२१ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्