Kathmandu Press

यस्तो बन्यो, रमेश खरेलको पार्टीको केन्द्रीय समिति

यस्तो बन्यो, रमेश खरेलको पार्टीको केन्द्रीय समिति

काठमाडौं, पुस २२ : नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगले बुधबार आफ्नो दललाई प्रमाण पत्र दिएको खरेलले बिहीबार विज्ञप्तिमार्फत् जानकारी गराएको हो । अध्यक्ष खरेलले आफ्नो पार्टीले हिमाल, पहाड, तराईं–मधेसको सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माण तथा सहज र समन्यायिक सेवामा जोड दिने बताए। नेपाल सुशासन पार्टीको ४७ सदस्यीय केन्द्रीय समितिले निर्वाचन आयोगमा सनाखत गरेको छ।

जसमा अध्यक्षमा खरेल छन् भने उपाध्यक्षमा राजकुमार यादव, चन्द्रबीर नेम्वांग, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल छन्। पार्टीको महासचिवमा गोविन्द गिरी रहेका छन्। त्यस्तै सचिवहरुमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन्।

कोषाध्यक्ष भक्तबहादुर श्रेष्ठ र सहकोषाध्यक्ष मिनकुमार श्रेष्ठ रहेको पार्टीमा केन्द्रीय सदस्यहरु गणेश घिमिरे, विनादेवी, प्रदीप चौधरी, अनिल पटेल, बासुदेव तिवारी  लगायत रहेका  छन्।

प्रकाशित मिति: २०:०४ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्