ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
झापा, पुस २२ : झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल...झापा, पुस २२ : झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए।
भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको हो। पक्राउ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।
प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशनशनिबार, मंसिर १, २०८१
प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जलीशनिबार, मंसिर १, २०८१
प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशीमा दुई दलीय संयन्त्र गठनबुधबार, कात्तिक २८, २०८१