Kathmandu Press

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं, पुस २२ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा साढे ४ बजे शीतलनिवास पुगेका...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं, पुस २२ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा साढे ४ बजे शीतलनिवास पुगेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता नियिमत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री देउवा आउने आइतबार भारत भ्रमणमा जाने तयारीमा थिए। तर त्यहाँ आयोजना हुने कार्यक्रम नै रद्द भएपछि देउवाको भ्रमण स्थगित भएको छ। हाललाई भारत भ्रमण नगर्ने भएपछि प्रधानमन्त्री देउवाले भेटघाटसहित अन्य कार्यक्रमलाई निरन्तरता दिएको जनाइएको छ।

प्रधानमन्त्री देउवाको सचिवालयले नियमित भेटघाट मात्र रहेको र सो क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताएको छ।

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्