Kathmandu Press

साढे ३३ किलो सुन प्रकरण : गोरेका भाई २ लाख धरौटीमा छुटे 

काठमाडौं, पुस २२ : साढे ३३ किलो सुन र शनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका रमेश उप्रेती धरौटीमा रिहा भएका छन्। बिहीबार जिल्ला अदालत...
साढे ३३ किलो सुन प्रकरण : गोरेका भाई २ लाख धरौटीमा छुटे 

काठमाडौं, पुस २२ : साढे ३३ किलो सुन र शनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका रमेश उप्रेती धरौटीमा रिहा भएका छन्। बिहीबार जिल्ला अदालत मोरङले उप्रेतीलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको हो। 

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए। उनी सुन तस्करी र शनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ का भाई रहेको प्रहरीले जनाएको छ। लामो समयदेखि फरारको सूचीमा रहेका रमेश मंगलबार दुबईबाट नेपाल अवतरण गरेपछि पक्राउ परेका हुन्। 

उनलाई बुधबार जिल्ला अदालत मोरङ पुर्याइएको थियो । आज सकिएको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो। 

सुन प्रकरण र शनम शाक्य हत्या प्रकरणमा ७७ जना प्रतिवादीमध्य ५६ जनाले सुन तस्करी मुद्दामा सफाइ पाइसकेका छन्। शाक्य हत्या प्रकरणमा भने गोरेसहित ८ जनालाई अदालतले दोषी ठहर गरेको थियो ।

अदालतले मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेती गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो । हत्या अभियोगमा जोडिएका भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।
 

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्