सिआइबीले सरकारी वकिललाई बुझायो ललिता निवास प्रकरणकाे अनुसन्धान प्रतिवेदन
काठमाडौं, पुस २२ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन आज (बिहीबार) जिल्ला सरकारी वकिलको...
काठमाडौं, पुस २२ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन आज (बिहीबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ।
पाँच पूर्वसचिवसहित ३ सय ६० जनालाई प्रतिवादी बनाएर मुलकी अपराध संहिता २०७४ को दफा २०७६ बमोजिम कारबाहीको माग गर्दै सिआइबीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
तत्कालीन भोगाधिकारी सुवर्णशम्शेरको परिवारका नातेदारसँग मिलेर बिचाैलियाहरूले सरकारी जग्गा हत्याएको सिआइबीको अनुसन्धानबाट खुलेको छ।
साे प्रकरणामा २०४९ सालयता विभिन्न चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भएको थियो।
२०७५ असारमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा जग्गा हिनामिनामाथि छानबिन समिति गठन भएको थियो। सोही समितिले दिएको प्रतिवेदन २०७५ फागुनमा मन्त्रिपरिषद्को बैठकले हिनामिनामा संलग्नलाई कारबाही र हडपिएको जग्गा फिर्ता गर्ने गरी अनुसन्धान गर्न अख्तियार दुरुपयोग आयोग र सिआईबीलाई जिम्मा दिएको थियो।











