उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, आज मात्र थपिए ३१० जना
काठमाडौं, पुस २२ : पछिल्ला दिनमा देशैभरि कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ।केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उल्लेख्य संख्यामा उकालो लाग्न थालेको छ। जसले...
काठमाडौं, पुस २२ : पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ।
केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या उल्लेख्य रूपमा उकालो लाग्न थालेको छ। जसले गर्दा सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो देशभरिमा थपिएको संक्रमितको आधाभन्दा बढी संख्या हो। सोही अवधिमा देशभरिमा भने थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार उपत्यकामा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार २२२, सोमबार १८४ र आइतबार १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितकाे संख्या २ हजार ४७८ रहेकाे। तीमध्ये काठमाडौंमा १ हजार ३०२, ललितपुरमा ६२१ र भक्तपुरमा ५५३ जना रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











