नेपालमा बढ्दो कोरोना ग्राफ : चौबिस घण्टामा ५४० संक्रमित थपिए
दैनिक संक्रमितको संख्या बुधबारको तुलनामा बिहीबार संक्रमितको संख्या ह्वात्तै बढेको छ। बुधबार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक थियो। बिहीबार संक्रमितको संंख्या करिब १०० ले बढेको छ।
काठमाडौं, पुस २२ : नेपालमा कोरोना संक्रमण दर बढेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणले यस हप्ताको सुरुवातदेखि नै कोरोनाको दैनिक संक्रमण दर बढिरहेको पुष्टि गर्दछ।
दैनिक संक्रमितको संख्या बुधबारको तुलनामा बिहीबार संक्रमितको संख्या ह्वात्तै बढेको छ। बुधबार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक थियो। बिहीबार संक्रमितको संंख्या करिब १०० ले बढेको छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक विवरण अनुसार १२ हजार ९९ नमूना परीक्षण गर्दा ५४०जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार ७ हजार २०२ नमूनाको पीसीआर परीक्षण गर्दा ४७८ जनामा संक्रमण पुष्टि भएको हो भने ४ हजार ८९० नमूनाको एन्टीजेन परीक्षण गर्दा ६२ जनामा कोरोना पुष्टि भएको छ।
सोही अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् । बिहीबार कोरोनाबाट २ जनाको मृत्यु भएको छ।
यससँगै मुलुकमा कोरोना संक्रमितको कुल संख्या पीसीआर तर्फ ८ लाख ३० हजार ४८० पुगेको छ भने एन्टीजेनतर्फ ९६ हजार ४४५ पुगेको छ। निको हुनेको संख्या ८ लाख १३ हजार ४४७ छ भने हालसम्म ११ हजार ६ सय २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
आज मुलुकभर ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्य ५ हजार ६९ जना होम आइसोलेसनमा छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा र १०३ जना क्वारेन्टिनमा रहेका छन् । अस्पतालमा उपचाररत संक्रमितमध्य ७९ जना आइसीयूमा र १४ जना भेन्टिलेटरमा छन्।











