Kathmandu Press

कजाकिस्तानको दङ्गामा एक हजारभन्दा बढी घाइते

मस्को,  पुस २२ : कजाकस्तानमा  जारी अशान्तिमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको  स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।‘कजाकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण १,०००...
कजाकिस्तानको दङ्गामा एक हजारभन्दा बढी घाइते

मस्को,  पुस २२ : कजाकस्तानमा  जारी अशान्तिमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको  स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।

‘कजाकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण १,००० भन्दा बढी व्यक्ति घाइते भएका छन्, तीमध्ये झण्डै ४०० जना अस्पतालमा भर्ना भएका छन् र ६२ जनालाई सघन उपचारमा राखिएको छ,’ उपस्वास्थ्यमन्त्री अजहर गुइनियतले खबर–२४ टेलिभिजनमा सो बारे जानकारी दिएको रुसी समाचार एजेन्सी इन्टरफ्याक्स र टासले जनाएको छ।

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्