Kathmandu Press

कजाकस्तानको अल्माटी तनावग्रस्त, दर्जनौं प्रदर्शनकारी मारिए 

काठमाडौं, पुस २२ : कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरु  मारिएको स्थानीय  सञ्चारमाध्यमले जनाएको छ। बुधबार...
कजाकस्तानको अल्माटी तनावग्रस्त, दर्जनौं प्रदर्शनकारी मारिए 

काठमाडौं, पुस २२ : कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरु  मारिएको स्थानीय  सञ्चारमाध्यमले जनाएको छ। 

बुधबार राती, चरमपन्थी सेनाहरूले प्रशासनिक भवनहरू, अल्माटी शहर प्रहरी विभाग, साथै स्थानीय प्रहरी चौकीहरु आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीहरूलाई मारिएका प्रहरी प्रवक्ता साल्टनाट बताएका छन्। 

Hardik ivf

काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले हिजो मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका थिए। मध्यएसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले वुधबार मन्त्रीपरिषद् नै विघटन गरेका थिए। 

विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका थिए । उनले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागू गरिएको घोषणा पनि गरेका थिए। 

सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।  

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्विकृत गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्ने भएका छन्। 

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्