Kathmandu Press

बतास समूहमा मेरो संलग्नता छैन : आरजु राणा देउवा

काठमाडौं, पुस २२ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन्।प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनले...
बतास समूहमा मेरो संलग्नता छैन : आरजु राणा देउवा

काठमाडौं, पुस २२ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनले आज (बिहीबार) विज्ञप्ति जारी गरी आफू आबद्ध संस्थाहरूको नाम सार्वजनिक गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा बनिरहेको विवादित रेस्टुरेन्ट सञ्चालन गर्न लागेको बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी हुन्।

पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकारमा आरजु सल्लाहकार रहेको समाचार आएपछि उनले त्यसको खण्डन गर्दै विज्ञप्ति जारी गरेकी हुन्।

‘सञ्चार माध्यमहरूमा विभिन्न संघसंस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले विज्ञप्तिमार्फत भनेकी छन्।

उनले आफू ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष र सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष, नामीको अध्यक्ष रहेको जानकारी दिएकी छन्।

त्यसैगरी युलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र रक्तदाता संघको संरक्षक पनि रहेको तर त्यसबाहेक अन्य कुनै संस्थामा आफू सल्लाहकार वा अन्य कुनै पदमा संलग्नता नरहेको उनले बताएकी छन्।

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्