Kathmandu Press

अब पोखरामै मृगौला प्रत्यारोपण

काठमाडौं, पुस २२ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। बुधबार मृगौला प्रत्यारोपण, डायलाइसिस लगायतका सेवा विस्तार गर्न...
अब पोखरामै मृगौला प्रत्यारोपण

काठमाडौं, पुस २२ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। 

बुधबार मृगौला प्रत्यारोपण, डायलाइसिस लगायतका सेवा विस्तार गर्न भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने सम्बन्धि प्रतिष्ठान र केन्द्रबीच सम्झौता भएको हो। 

प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण तथा डायलायसिस सेवा विस्तारको लागि सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रतिष्ठानका अनुसार दुवै संस्थाबीच पाँच बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। जस अन्तर्गत सेवासँगै प्रदेशका विभिन्न स्थानमा डायलाइसिस सेवा विस्तार गर्ने, प्रत्यारोपण तथा डायलाइसिसको लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम अध्ययापन आदि व्यवस्थापन गर्ने, प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्नका लागि प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने उल्लेख गरिएको छ।

यस्तै, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन कार्य योजना प्रस्तुत गर्ने, प्रतिष्ठान अन्तर्गत प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण फेलोसिप, एमसीएच, युरोलोजी, डिएम नेफ्रोलोजी, नर्सिङ विषयको स्नातक तथा स्नातकोत्तर तह लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने आवश्यक गृह कार्य गर्ने लगायतका सम्झौता समेत भएको प्रतिष्ठानले जनाएको छ।
 

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्