विनाेद चाैधरीले भने– विधिवत् रूपमा केन्द्रीय सदस्य बनेको हुँ, रोइलो गर्नुको कुनै अर्थ छैन
काठमाडौं, पुस २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत् रूपमा १४औं महाधिवेशनबाट निर्वाचित भएको स्पष्ट पारेका छन्।चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न...
काठमाडौं, पुस २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत् रूपमा १४औं महाधिवेशनबाट निर्वाचित भएको स्पष्ट पारेका छन्।
चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै सिरहा-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा उजुरी दिएपछि चौधरीले त्यस्तो स्पष्ट पारेका हुन्। उनले प्रेस नोट नै जारी गरेर विधिसम्मत भएन भनेर भएकोमा कसैले रोइलो गर्नुको कुनै अर्थ नरहेको र कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित नमानिने पनि बताएका छन्।
महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दाबीविरोधको समय उपलब्ध गराएको भन्दै उनले भनेका छन्, ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन?’
निर्वाचन समितिले उम्मेदवारी दर्तापछि दाबीविरोधको समय उपलब्ध गराएको बेलामै अयोग्यताको प्रश्न किन उठाइएन भन्दै उनले प्रश्न पनि गरेका छन्। ‘म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबीविरोध गरिएन?’ उनले भनेका छन्।
चौधरी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेसीतर्फ) २ हजार २ सय ६ प्राप्त गरी विजयी भएका थिए। सोही पदका लागि प्रतिस्पर्धी रहेका सुभासचन्द्र पराजित भएका थिए।











