Kathmandu Press

वादी समुदायलाई निःशुल्क सोलार

अर्घाखाँची, पुस २२ :  सदरमुकाम सन्धिखर्कका वादी समुदायलाई निःशुल्क सोलार वितरण गरिएको छ। सन्धिखर्क नगरपालिका–२ का १३ वादी परिवारलाई सोलार  वितरण गरिएको हो। झन्डै ३५...
वादी समुदायलाई निःशुल्क सोलार

अर्घाखाँची, पुस २२ :  सदरमुकाम सन्धिखर्कका वादी समुदायलाई निःशुल्क सोलार वितरण गरिएको छ। सन्धिखर्क नगरपालिका–२ का १३ वादी परिवारलाई सोलार  वितरण गरिएको हो। 

झन्डै ३५ वर्षसम्म वादी समुदाय भद्रिखोलामा त्रिपालमुनि बस्दै आएको थियो। हाल उनीहरुका लागि  नयाँ घर निर्माण गरिएको हो। स्थानीय मधु वादीका अनुसार चुत्राबेंसीका वादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएको हो।

Hardik ivf

सोही समुदायलाई हालै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सोलार वितरण गरे।

नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा वादी समुदायलाई निःशुल्क जग्गा र घर निर्माण गरिएको हो। स्थानीय सरकारले खानेपानीको व्यवस्थापन गर्न तथा जीवनस्तर उकास्न काम गरिरहेको छ।

वडाध्यक्ष मोतिजङग रायमाझीका अनुसार वादी समुदायको व्यवस्थित बसोबासका लागि नगरपालिकाले काम गरिरहेको छ। वादी समुदायले गिट्टी कुट्दै, बालुवा चाल्दै, ज्यालामजदूरी गरी जीवनयापन गर्दै आएको छ।  

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्